• १ असोज २०८२, बुधबार

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

blog

तुइनखोलामा आएको पहिरो पन्छाउने काम हुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १ गते। निरन्तर परेको वर्षाको कारण मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको छ। 

बुधबार बिहानदेखि अवरुद्ध हुँदै खुल्दै आएको सो सडकखण्डमा पुनः ठुलो पहिरो आएपछि मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइराखेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। पहिरो पन्छाउनको लागि दुवैतर्फबाट डोजर परिचालन गरिएको छ।