प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डरलगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
विद्यार्थीहरूमा अतिरिक्त किताब पनि पढ्ने संस्कृति बिस्तारै सुरु भएको छ । चितवनका विद्यालयले साप्ताहिक या मासिक रूपमा नै पठन संस्कृति अभियानलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय यो अभियान मुलुकका धेरै जसो जिल्लामा सुरु भएको छ ।
उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्काे शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका व्रmममा सरकारी विद्यालयले चर्काे शुल्क लिन थालेका छन् ।
चितवनमा ठुला सभा सम्मेलन तथा महोत्सव गर्ने एक मात्र स्थल नारायणी नदी किनार हो । साँझबिहान पैदल हिँड्नेदेखि केही समय टहल्ने, आराम गर्ने स्थलका रूपमा नदी किनारमा भिड लाग्ने गर्छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट आज आइतबार बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।
मधेस सरकारले आज आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । आज दिउँसो ४ बजे बस्न लागेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ ।
पर्यटन राजधानी पोखराको लेकसाइड बिजुलीको तारले निकै फितलो देखिन्छ । यद्यपि यो ठाउँ पोखरा आउने जोकोहीले नछुटाउने ठाउँ पनि हो ।
कालीगण्डकी नदीको महत्व र ऐतिहासिक अवस्थाको जानकारी गराउन विद्यार्थीलाई नदीको तटमा ध्यान शिविर तथा प्रवचन कार्यक्रम गरिएको छ ।
प्युठानको गौमुखी गाउँपालिकाको अर्खा लामीडाँडा र देउराली रजवारालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । पुल सञ्चालनमा आएपछि यसअघि करिब डेढ घण्टा लाग्ने पैदलयात्रा अब २०/२५ मिनेटमै तय गर्न सकिने भएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका–६, निवासी शान्ति सोनाहा केही वर्षअगाडिसम्म गेरुवा नदीमा सुन चालेर र माछा मारेर घर चलाइरहनुभएको थियो । गेरुवा नदी सुक्दै गएपछि उहाँ एक वर्षदेखि घरमा ताला नै लगाएर परिवार नै लिएर भारततर्फ कमाउन जानुभएको छ ।
निर्माण सुरु भएको पाँच महिनाभित्रै बुटवल–गोरुसिङ्गे सडक आयोजनाको करिब १० प्रतिशत काम सम्पन्न भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार उक्त सडकखण्डमा ३० वटा नयाँ पुल बन्दै छन्, जसमा १७ वटाको फाउन्डेसनको कामसमेत सम्पन्न भइसकेको छ ।