बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताउनुभयो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ ।
कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।
पश्चिम बागलुङमा पर्ने गलकोट नगर अस्पताललाई स्थानीयवासीले सहयोग गरेका छन् । गलकोट नगरापलिका वडा नं. ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवश्यक पर्ने सामग्री र उपकरण सहयोग गरेका हुन् ।
हिरक महोत्सव मनाएको सत्यवति गाउँपालिका–८ भार्सेको भार्से जनसहयोग माविमा विद्यार्थी टिकाउन भार्सेलीहरुको ‘प्रविधी मैत्री शिक्षा अभियान’ सार्थक बनेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा राजविराज नगरपालिका–१४ निवासी ५६ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुनै पनि मुलुकको राजनीतिक विकासक्रम सरल रेखामा मात्र अगाडि बढ्दैन । जनचाहनालाई प्रतिनिधित्व गर्दै विश्वमा ठुलठुला क्रान्ति, आन्दोलन र विद्रोह भएका छन् । नेपालमा विगत सात/आठ दशकमा धेरै परिवर्तन भए । सात सालको क्रान्तिले निरङ्कुश राणाशाही अन्त्य गरी प्रजातन्त्रको प्रारम्भ गरायो । संस्थागत गर्ने प्रक्रिया अगाडि बढ्दै जाँदा अवरोध आयो । विसं २०१७ पुस १ गतेको राजाको निरङ्कुश कदमले तीन दशक निरङ्कुश घेरामा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ ।
नियतिले हिर्काएको गहिरो चोट बोकेर यतिबेला देश फेरि एउटा अलमलमा फसिरहेको छ, निर्वाचन हुन्छ अनि निर्वाचन हुँदैन । योसँगै गाँसिएको अर्को मलमल हो, संसद् पुनस्र्थापना गर्नु पर्छ/हुनु पर्छ वा नगरौँ/हुनु पर्दैन । इतिहासमा यति धेरै लामो अलमल र अ
स्याङ्जा मात्रै होइन यस आसपासका जिल्लामा सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले सम्झने नाम हो ‘अमोर सेवा नेपाल’ ।
सामुदायिक विद्यालयको शिक्षामा सुधार गरी गुणस्तर वृद्धि गर्न कार्यरत शिक्षकको सक्षमता वृद्धि गर्नु पर्छ । विश्वविद्यालयका क्याम्पसले उत्पादन गरेका शिक्षाशास्त्र बिएड र एमएडकै आधारमा शिक्षक नियुक्त गर्दा र शिक्षक हुन सक्ने मापदण्ड बनाउँदा भरपर्दो भएन ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको शुद्धीकरण, सुदृढीकरण र नवीनतम जनअभिमतका आधारमा समुन्नत राष्ट्रनिर्माणको अठोटसहित राजनीतिक दललाई रूपान्तरण गर्ने महोत्सव हो निर्वाचन । सरकारले घोषणा गरे अनुरूप देश निर्वाचनको तयारीमा छ ।