उक्त गाउँमा एक घर एक धारा जडान गरेपछि स्वच्छ खानेपानीको हाहाकार अन्त्य भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो ।
बर्दियाको गुलरिया नगरपालिका ५ बालापुरमा मानव बस्तीमा पसेर आतङ्क मच्चाउने अर्को चितुवा नियन्त्रणमा आएको छ।
गण्डकी प्रदेशसभामा आज दिउँसो ४ बजे आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुुहुन्छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ । गण्डकी प्रदेशले आइतबार ल्याउने यो नवौँ बजेट हो ।
मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।
सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गर्नुभएको छ ।
चटयाङ लागेर आइतवार बिहान रौतहटको गरुडा नगरपालिका वडा १ जयनगरमा एक जना वृद्धको मृत्यु भएको छ । हावाहुरीस‘गै आएको चटयाङ लागेर गरुडा नपा –१ जयनगर घर भएका ६५ वर्षिय सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । नौ वर्षअघि विवेकशील नेपाली दल हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पूर्वयुवा तथा खेलकुदमन्त्री श्रेष्ठ बागमती प्रदेशका पूर्वप्रदेशभा सदस्य हुनुहुन्छ । पर्यटन व्यवसायीसमेत रहनुभएका उहाँ सम्पदा संरक्षणलगायत विभिन्न सामाजिक सेवामा आबद्ध हुनुहुन्छ । काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका युवा सांसद श्रेष्ठसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंशः
गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ ।
आइतबार बिहान करिब ८ बजेको समयमा चट्याङ् लागि रौतहटमा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका १ जयनगर निवासी वर्ष ६५ को सियाराम बनियाको मृत्यु भएको हो ।
भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।
चीन–नेपाल मैत्री औद्योगिक पार्कसम्बन्धी छलफल तथा स्थलगत अनुगमनका लागि चीनको सिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको ने
ललितपुर र भक्तपुरमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन २०८२ सम्पन्न भएको छ । नेवा राष्ट्रिय पत्रकार दवुको आयोजना तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र सार्क जर्नालष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ ।
म १२ वर्षकी भएँ । सम्भवतः अब मेरो पनि मासिक श्राव सुरु हुन्छ होला ।
नयाँ आर्थिक वर्ष २०८२-०८३ को प्रारम्भदेखि सल्यानमा आधुनिक बसपार्क सञ्चालनमा आउनुभएको छ । शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्री नगरमा निर्माण सम्पन्न भएको यो बसपार्कलाई औपचारिक सञ्चालनको तयारी थालिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा