सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रू २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ ।
अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
व्यास नगरपालिकाका करार तथा ज्यालादारी रूपमा कार्यरत एक सय १४ जना कर्मचारीको जागिर गुम्ने जोखिम भएको छ ।
पश्चिम गुल्मीको एक परिवारले स्वर्गीय छोराको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
सडक मानव, असहाय बालबालिका, परित्यक्त वृद्धवृद्धा र मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले बर्दीबासमा निर्माण भइरहेको ‘हाम्रो मायाको घर’ अन्तिम चरणमा पुगेको छ ।
नेपालको एक सय पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने छोटो सडक कालोपत्र गर्न थालिएको छ । ट्रयाक खुलेको २२ वर्षपछि सडक धमाधम कालोपत्र भइरहेको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी, लागुऔषध ओसारपसार र बिक्री तथा अवैध आयात निर्यात रोक्न कडाई सुरु गरेको छ ।
बिहीबार प्रतितोला रू. दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू. दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा नौ अर्ब लगानी भइसकेको छ ।
पाँच वर्षमा सक्नुपर्ने पुलको काम पाँच वर्ष बित्नै लाग्दा पनि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनी गुल्मी र स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ सेतिवेनी जोड्नेगरि कालीगण्डकी नदिमा मोटरेवल पुलको निर्माणमा ढिलाइ भएको हो ।
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु. २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।
लहान नगरपालिका ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वातै बढेको छ ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४यारा हुँदै सरिबुङ पासका लागि निस्किएको अस्ट्रियन पर्यटकसहितको टोली भारी हिमपातका कारण दामोकरकुण्ड क्षेत्रमा रोकिएका छन् ।