तनहुँको भानु नगरपालिकाले २० जना कृषकलाई सम्मान गरेको छ । नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’ बाट सम्मान गरिएको हो ।
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीको अक्करे भिर खोपेर नेपाली सेनाले सडक निर्माण गरेको छ ।
सप्तरीमा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस सुरु हुँदै छ । नेपाली नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन सिफारिस लागु हुने भएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र सङ्कटापन्न प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) को संरक्षणका लागि पहल गरिने भएको छ । कोशीटप्पुमा आयोजित मलाहा बिरालोको संरक्षण तथा व
उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२ मा अमेरिकाबाट आएका स्वयंसेवक युवाले खानेपानीको धारा रङ्ग्याएर चिटिक्क पारेका छन् । उनीहरूले लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङरोगन गर्नेदेखि स्वास्थ्य जाँच र सरसफाइ गरेका हुन् ।
होत्तरीको बर्दिबास नगरपालिका १२ र १३ बिजलपुराको कुल जनसङ्ख्या ८ हजार ७८३ छ । जनस्वास्थ्यको जिम्मेवारी बोकेको बिजलपुरा स्वास्थ्य चौकीसँग एम्बुलेन्स छैन ।
प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित जोखिमको पूर्वआङ्कलन गरी तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
बसाइसराई र घट्दो जन्मदरका कारण गाउँ रित्तिएका छन् । बढ्दो जनसङ्ख्या हुने बेला खुलेका सामुदायीक विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या अधिक छ ।
११ औँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नवलपरासी पूर्व (नवलपुर) आउनुहुने भएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसकिने बताउनुभएको छ ।
प्रकृतिको पूजा गरेर मगर समुदायले आजबाट भूम्या पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गर्ने चलन रहेको छ ।
लोकसेवा आयोग स्थापनाको ७५ वर्ष प्रवेशका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ ।