बाँकेको खजुरा गाउँपालिका-७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।
हिजो बिहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ ।
उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यस बेलादेखि स्थानीय गोठालाका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ ।
बागलुङको एक मनोरम झरना हो ‘गाइघाट झरना’ । झरनाबाट खसेको कञ्चन पानी तालमा भरिएर मात्रै ताराखोलामा खसेको दृश्यले सबैलाई लोभ्याउँछ ।
हरिबोधनी एवं ठुलो एकादशीमा नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि सुन्तला टिप्न जिल्लाका किसानलाई भ्याइनभ्याई भएको छ ।
मोन्था चक्रवातका कारण मौसम बदली हुँदा मोरङ जिल्लाको सुन्दरहरैँचामा सबैभन्दा बढी वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।
उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्के सडक खण्डमा पहिरोका कारण सबारीसाधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् ।
चाँगुनारायण नगरपालिका-९ ताथलीका किसान शिव गिरीले सोमबार धान काट्ने बेला चरक्क घाम लागेको थियो । तर, मङ्गलबाट घाम देख्नै पाइएन । धान सुक्नै पाएन । बरु बुधबारदेखि निरन्तर झरी परिरहेको छ । गिरीलाई घाममा सुक्न नपाएको धानमा निरन्तर पानी पर्दा धान टुसा लाग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।
जिल्लाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं अस्पताल गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामार्फत सेवा दिए बापतको रकम भुक्तानी नगर्दा अस्पताल आर्थिक सङ्कटमा परेको हो।
सल्यानमा लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शारदा नगरपालिका –१ श्रीनगरबाट १५ पुरिया लागुऔषध ब्राउन सुगरसहित चारजना युवकहरुलार्इ पक्राउ गरेको हो।
मलेसियाले पठाएको नयाँ १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएकाले त्यसलाई अन्तिम निर्णयका रूपमा नलिएर द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको हित सुनिश्चित गरिने भएको छ ।
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
अफगानिस्तान र पाकिस्तानबिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् ।