• १४ कात्तिक २०८२, शुक्रबार

मोटरसाइकल र मोबाइलसहित युवा पक्राउ

blog

शंकर केसी

सल्यान, कत्तिक १४ गते । सल्यानमा लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शारदा नगरपालिका –१ श्रीनगरबाट १५ पुरिया लागुऔषध ब्राउन सुगरसहित चारजना युवकहरुलार्इ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा शारदा नगरपालिका –१ बस्ने वर्ष २१ का प्रज्ज्वल केसी, वर्ष २४ का नुर आलम, वर्ष २६ का सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका –२ घर भई हाल शारदा नगरपालिका –१ बस्ने वर्ष २४ का सन्दीप नेपाली रहेका छन् । 

उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर १५ पुरिया (जम्मा ३ ग्राम), मोबाइल फोन ६ थान, नगद २४ हजार ५१० रुपियाँ तथा रा ४ प ८६३०, रा २ प १९ र रा ४ प ३५ नम्बरका तीनवटा मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

श्रीनगरमा चेकजाँच गर्ने क्रममा कात्तिक १२ गते राति करिब ८ः४० बजे उनीहरु पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।