• १४ कात्तिक २०८२, शुक्रबार

अफगानिस्तान र पाकिस्तान युद्धविराम जारी राख्न सहमत

blog

इस्तानबुल(टर्की), असोज १४ गते । अफगानिस्तान र पाकिस्तानबिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् । 

टर्की र कतारको मध्यस्थतामा उनीहरुले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा श्रृङ्खलाबद्ध बैठक गरेका थिए । टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य अक्टोबर १८-१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबिचको युद्धविरामलाई सुदृढ पार्नु रहेको जनाइएको छ । 

परिणाम स्वरुप दवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी “नोभेम्बर-६ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिबारे छलफल गरी निर्णय गरिनेसमेत जनाइएको छ । विज्ञप्तिमा सबै पक्ष प्रमाणीकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ ।

सहमतिपछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबिचको बढ्दो तनावको पछि भएको थियो ।  

पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबिचको वार्ताका क्रममा समेत मध्यस्थकर्ताको रूपमा काम गरेको डनले जनाएको छ ।

डनले रिपोर्ट गरेअनुसार, पाकिस्तानले तालिबानलाई “आतङ्कवादी समूहलाई पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न” बारम्बार आग्रह गरेको छ, भने तालिबानले आरोपलाई अस्वीकार गरेको छ । अक्टोबर-११ को घटनापछि सीमामा धेरै झडप भएका छन् भने पाकिस्तानी आक्रमणले “अफगानिस्तानका शिविर”लाई लक्षित गरेको बताइएको छ । रासस/एएनआई