समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ ।
कञ्चनपुरका विभिन्न स्थानीय तहले इन्धन खर्चका लागि अझै मापदण्ड बनाउन सकेका छैनन् । बेलौरी नगरपालिकाले मात्रै कार्यसञ्चालन निर्देशिका, २०८० अनुरूप पालिकाका अधिकारीले प्रयोग गर्ने सवारीसाधनका लागि इन्धन खर्च मापदण्ड तयार गरेको छ तर अन्य आठ पालिकाले भने अझै इन्धन खर्च मापदण्ड नै नबनाएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराइ भाषा
सङ्घीयतापछि दार्चुलाका १६३ जना महिला प्रत्यक्ष रूपमा रोजगारसँग जोडिएका छन् । अन्य पेसा, व्यवसाय र रोजगारीसँग जोडिने महिलाको सङ्ख्या धेरै हुन सक्ने भए पनि सङ्घीयता स्थापनापछि उत्पादनमूलक उद्योग स्थापना गरेर रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको महिलाको सङ्ख्या १६३ छ भने पुरुषको सङ्ख्या १०९ छ ।
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाले जग्गा नापजाँच र जग्गाधनी प्रमाणपुर्जा वितरण पुनः सुरु गरेको छ । यसअघिको भूमि आयोग विघटनपछि नापजाँचको काम रोकिएको थियो । सरकारले पुनः भूमि समस्या समाधान आयोगको गठन गरेपछि जग्गा नापजाँच र जग्गाधनी पुर्जा वितरण सुरु गरिएको हो ।
सिमकोट गाउँपालिकाको सहकार्य र गुडनेवर्स इन्टनेसनल नेपालको सहयोगम रेडियो कर्णाली आवाजले आयोजना गरेको बालकचहरीमा बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई गुनासो नै गुनासो राखेका छन् ।
करिब एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।
म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई ‘प्रदेशस्तरीय आयुर्वेद शिक्षण अस्पताल’ को रूपमा स्तरोन्नति गर्ने भएको छ ।
यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।
यहाँको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतवार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।