छिम्केश्वरी र बुढीमाई मन्दिर क्षेत्रको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आँबुखैरेनी गाउँपालिकाका कार्यालय पाँच लाखभन्दा बढि दान दिएका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी (ठुलो) एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।
बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक
सरकारले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्धन गर्ने उद्देश्यले हाल कार्यान्वयनमा रहेको छबुँदे मापदण्ड खारेज गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत भिजिट भिसासम्बन्धी विसं २०८० माघ १० गते जारी भएको छबुँदे कार्यविधि खारेज गरी भिजिट भिसासम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णय गर्नुभएको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत भिजिट भिसामार्फत विदेश जान चाहने नेपाली नागरिकका हकमा सहज बनाइएको जनाइएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भिजिट भिसासम्बन्धी विद्यमान कार्यविधि खारेज गरिएको बताउनुभयो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।
लगातारको झरीले अर्घाखाँचीको मुख्य सडक अवरूद्व भएको छ । रिब्दीमा पहिरो जाँदा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गर्नुभएको छ । शुक्रबार उहाँले जारी गर्नुभएको आह्वानपत्रमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभएको हो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा गएराति भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार सम्झौताहीन तरिकाले अघि बढिरहेको बताउनुभएको छ।
खराब मौसमको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पूर्णरुपमा अवरुद्ध भएको छ।
धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङको बेला हिडन भ्याली इलाकामा फसेका तीन बेलायती सहित १५ जना पर्यटकहरूलाई शुक्रबार नेपाली सेनाले उद्धार गरेको छ ।