भुटानी शरणार्थीको जीवनमा आधारित खगिन्द्रा खुसीको उपन्यास ‘खुसीको गाउँ’ विमोचन गरिएको छ । विश्व भुटानी साहित्यिक सङ्गठनद्वारा नेदरल्यान्डमा आयोजित कार्यक्रममा उपन्यासको विमोचन गरियो । सन् १९९० को दशकयता भुटानबाट लखेटिएपछि झापा र मोरङमा शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई उपन्यासमा समेटिएको छ ।
नागरिकलाई स्वस्थ्य बनाउन नाराणण नगरपालिका – ६काडाचौर हरित पा
आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ । संस्कृति जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताउनुभएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि तीन तहको सरकारबिच सहकार्यको आवश्यकता औँल्याउनुभएको छ । उहाँले अबको युग ‘आइटी’ को भएकाले तीन तहकै सरकारको समन्वय र सहकार्यमा यस क्षेत्रको विकास सम्भव हुने स्पष्ट पार्नुभयो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपियाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आइतबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
कोशी प्रदेश सरकारले सुशासन प्रवर्धनलाई मुख्य प्राथमिकता बनाएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको दाबी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी सरकारले ल्याएको बजेटबारे थप स्पष्ट पारेको हो ।
हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो आएपछि यस विषयमा सम्बन्धित मन्त्रालयबिच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबिच सोमबार यस विषयमा छलफल भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपियाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।
हिमाली जिल्ला हुम्लामा फुजी प्रजातिको स्याउ फलेको छ । नमुना परीक्षणका लागि लगाएको सो स्याउले फल दिन थालेको हो । सिमकोट गाउँपालिका–५ मा सिमसार क्षेत्रको जग्गामा लगाएको फुजी स्याउले फल दिन सुरु गरेको हिमाली कृषि तथा पशुपालन फर्मका संरक्षक नरबहादुर रोकायाले बताउनुभयो ।
पहिरोका कारण अवरुद्ध कालिगण्डकी करिडोर सुचारु हुन समय लाग्ने भएको छ । सोमबार दिउँसो १२ः३० बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–६ को बर्लवामा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरवलोकन गर्ने गरी तयारी थालेको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा गठित सो समितिले यस पटक श्रमिक र रोजगारदाता दुवैको जित हुने गरी वैज्ञानिक तरिकाले पारिश्रमिक वृद्धि गर्ने तयारी थालेको जनाएको छ ।
बिहान ८:३० बजे विद्यार्थी र शिक्षक नियमित प्रार्थनापछि कक्षाकोठामा मात्र प्रवेश गरेका थिए । त्यसैबेला एक्कासि आएको शक्तिशाली भूकम्पले विद्यार्थी भयभीत हुँदै तितरबितर हुन थाले । भूकम्पसँगै सबै कक्षाकोठामा रातो साइरनसहित खतराको घण्टीसँगै अधिकांश विद्यार्थी किताबसहितको झोला टाउकोमाथि राखेर विद्यालयको मैदानमा निस्किए ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४१ पैसा र बिक्रीदर १३८ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ ।