कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व लमजुङका विभिन्न स्थानमा धुमधामले मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको शनिबार विवाह गरी मनाइने धार्मिक प्रचलन छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तवा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
त्तरी गोरखाको मनास्लु क्षेत्र घुम्न गएकी विदेशी महिला पर्यटकलाई पहिरोले पुरेको छ । चुमनुब्री गाउँपालिका – ३ न्याकफेदीनिर झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभालाई पहिरोले पुरेको गाईड रमेश भट्टले जानकारी दिनुभयो ।
सडकको बिचमै हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको जोखिम बढिरहेका बेला बुटवलको कालिकानगरमा ‘मोनोपोल’ जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘मोनोपोल’ जडानको काम सकिएपछि उक्त क्षेत्रमा विद्युतीय जोखिमको समस्या कम हुने छ भने सडक दुर्घटनामा समेत कमी आउने भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगीकुटीदेखि होराइजन चोकसम्मको सडकखण्डमा प्रसारण लाइनको ‘मोनोपोल’ जडान कार्य अब अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत् प्राधिकरण
भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ ।
मुक्त कमलरीले कमलरी मुक्त घोषणा गरिएको १२ वर्ष बित्दा पनि अहिलेसम्म परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् । मुक्त कमलरी विकास मञ्चद्वारा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रमका वक्ताले यस्तो गुनासो गरेका हुन् ।
यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला ।
जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वर तथा लय र वरिष्ठ संगीत सर्जक रामहरि गुरुङको शब्द रहेको चरी बनि उडुँला बोलको गीतको अडियो तथा म्युजिक भिडियो हालै युटुबमा सार्वजनिक भएको छ।
पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।
गायक सुरज कुमार थापाको स्वर तथा संगीत–संयोजन रहेको देशभक्ति गीत ‘देश गाएर मर्छु’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एवं कवि क्षेत्र प्रताप अधिकारीको रचना, वरिष्ठ संगीतकार निर्माण गुरुङले संगीत दिनुभएको छ ।
भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण बाजुराका आमाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
मलेशिया नेपाली श्रमिकका लागि अझै पनि आकर्षक रोजगारी गन्तव्यका रूपमा परिचित छ । हाल करिब पाँच लाख नेपाली मलेशियामा विभिन्न क्षेत्रका काममा संलग्न छन् ।