शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । गायक सुरज कुमार थापाको स्वर तथा संगीत–संयोजन रहेको देशभक्ति गीत ‘देश गाएर मर्छु’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एवं कवि क्षेत्र प्रताप अधिकारीको रचना, वरिष्ठ संगीतकार निर्माण गुरुङले संगीत दिनुभएको छ ।
गायक सुरजकुमार थापा नामको अफिसियल युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको गीत तथा भिडियोमा शम्भु कुमार तण्डुकार (प्रज्ञा साउण्ड स्टुडियो) को रेकर्डिङ तथा मिक्सिङ र भिडियो तर्फ खेम थापाको छायाँकन रहेको छ ।
राज कुमारले सम्पादन रहेको देशभक्ति गीतको हरेक शब्द, धुन तथा स्वरमार्फत देशप्रतिको अगाध प्रेम, समर्पण र राष्ट्रियताको भावनालाई मार्मिक र हृदयस्पर्शी रुपमा व्यक्त गर्न खोजिएको छ ।