पानी पर्न रोकिएपछि खुलेको तम्घास । लगातारको वर्षा रोकिएपछि शनिबार रेसुङ्गा क्षेत्रको गर्जुराबाट देखिएको गुल्मीको सदरमुकाम तम्घासको बजार क्षेत्रसँगै आसपासको सुन्दर र रमणीय दृश्य। तस्बिरः रमेश विश्वकर्मा
काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ ।
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ ।
निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ ।
ताप्लेजुङमा अपराधजन्य घटना बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्नेसहित अपराधजन्य घटना बढ्दो क्रममा रहेको पाइएको हो ।
लगातार तीनदेखि परिरहेको झरीका कारण नवलपुरका विभिन्न स्थानमा लाग्ने एकादशी मेला प्रभावित भएको छ ।
जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन् । अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन् ।
नेपालगञ्जमा मङ्सिर १८ गते हुने प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।
आज (शनिबार) हरिबोधनी अर्थात् ठुला एकादशीको पावन अवसरमा देशभरका तीर्थयात्रीहरूको प्रमुख गन्तव्य देवघाटधाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।