चीनले शनिबार उसको शेन्झाउ-२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ ।
हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तालाई दुई देशबिचको सम्बन्धमा ‘निर्णायक मोड’भएको बताउनुभएको छ ।
हरिबोधिनी एकादशीको दिन आज बागलुङ नगरपालिका –१ निरयघाटस्थित पवित्र कालीगण्डकी नदीमा तोरण तार्दै भक्तजनहरु । तस्बिरः नवराज नेपाली
एसिया-प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।
सामाजिक कार्यमा सक्रिय देउराली चोकको आमा समूह बागलुङले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलित रकममध्ये केही रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गरेको छ ।
चीनको स्वाशासित क्षेत्र न्यालाम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् ।
उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसियालगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।
घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।
नेपालगन्जमा सञ्चालन भइरहेको दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ मा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित अग्रता लिएको छ ।
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।
बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।
कालीकोट सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुनेगरेको छ । कुनै पनि महिनामा राम्रोसँग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी सधै काकाकुल छन् । पानीको अभाव झेलिरहेको यहाँका नागरिक जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ ।