हालसम्म यो समूहले १५० रोपनीभन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहर लाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाखभन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपैयाँको मेवा बिक्री भएको उहाँले बताउनुभयो ।
जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ ।
यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
पाकिस्तानका उप–प्रधानमन्त्री एवम् विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको गैरजिम्मेवार’ र बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गर्नुभएको छ ।
दैलेखका सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको छ । सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९७ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ ।
पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधनलाई तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
कपिलवस्तु डिभिजन वन कार्यालयले बुटवल–गोरुसिङ्गे सडक विस्तारका क्रममा काटिएका काठहरूको लिलामी प्रक्रिया रोकिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरभित्रका १९२ परिवारको निःशुल्क बिमा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिव तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।
सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ ।
दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जिल्लाको महाकाली नगरपालिका–६ निसिल घर भई काठमाडौँमा कार्यरत २७ वर्षीय प्रहरी जवान दिपेन्द्र पालको टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते हुनुभएको जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।