निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र ०२ ०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ।
हरिबोधनी एकादशीको उपलक्ष्यमा पोखराको सेती नदीमा भक्तजनहरुको घुइँचो लागेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।
श्रीलङ्कामा कात्तिक १८ देखि २३ गतेसम्म आयोजना हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीका बिदाइ गरिएको छ ।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ।निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ।
बङ्गलादेशका डक कामदारले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोध स्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।
बागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका –२ बिकासनगरस्थित जनएकता सामूदायिक वनमा बाघले आक्रमण गरेर मृत्यु भएको भनिएका स्थानीय मोहन थारुको मृत्यु रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले साप्ताहिक रुपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरु सार्वजनिक गर्दैआएको हो।
माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिद्धिडाँडा पर्यटकको पर्खाइमा छ। सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र सिद्धिडाँडा पर्यटकको पर्खाइमा रहेको हो।
उत्तरी गोरखाको साम्दोमा हिमपातले आवागमनमा समस्या भएपछि सशस्त्र प्रहरी बलको टोलीले हिउँ पन्छाउने कामलाई तिब्र गरेको छ ।