• १५ कात्तिक २०८२, शनिबार

हप्तामा २६३ जनाले लिए नयाँ नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी।

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक १५ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले साप्ताहिक रुपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरु सार्वजनिक गर्दैआएको हो। 

जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार पछिल्लो एक हप्ता गत आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गीकृत नागरिकता दुईसहित २६३ जनाले नयाँ नागरिकता लिएका छन्। १७७ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाएका छन्। नाबालक परिचयपत्र १९, राहदानीको आवेदन सङ्कलन २६९, राहदानी वितरण ६२ जनालाई गरिएको छ। 

राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ५९७, राष्ट्रिय परिचयपत्र वितरण ४५७, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ११३, संस्था नवीकरण एक गरिएको उहाँले जानकारी दिनुभयो। त्यसैगरी राहदानी, संस्था नवीकरण र राष्ट्रिय परिचयपत्रबाट कुल १३ लाख ७२ हजार ६०० रुपियाँ राजस्व सङ्कलन भएको छ। 

जसमा राहदानीबाट १३ लाख ५५ हजार, संस्था नवीकरणबाट ६०० र राष्ट्रिय परिचयपत्रबाट सात हजार रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।