• १८ वैशाख २०८३, शुक्रबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख १८ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ५६ पैसा र बिक्रीदर १५२ रुपियाँ १६ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ५८ पैसा र बिक्रीदर १७८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपियाँ १० पैसा र बिक्रीदर २०५ रुपियाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपियाँ ०६ पैसा र बिक्रीदर १९३ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ६० पैसा र बिक्रीदर १०९ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ९६ पैसा र बिक्रीदर १११ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ८६ पैसा र बिक्रीदर ११९ रुपियाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६८ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ २० पैसा र बिक्रीदर २२ रुपियाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४१ पैसा र बिक्रीदर ४० रुपियाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५८ पैसा र बिक्रीदर ४१ रुपियाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २६ पैसा र बिक्रीदर ४१ रुपियाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २९ पैसा र बिक्रीदर १० रुपियाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४१ पैसा र बिक्रीदर १६ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७७ पैसा र बिक्रीदर २३ रुपियाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्रीदर १९ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ३२ पैसा र बिक्रीदर ४०१ रुपियाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपियाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस