एउटा विषम परिस्थितिले निम्त्याएको जेनजी आन्दोलन सम्भावित ठुलो दुर्घटना टार्दै जसरी ‘सेफ ल्यान्डिङ’ भएको छ । आन्दोलनबाट सिर्जित परिस्थिति सहज बन्दै अधिकतम परिणाममुखी हुनुपर्ने थियो तर विकसित घटनाक्र
पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् ।
शासकीय शैली नागरिकमैत्री भएन भने कानुनी वैधताले मात्रै काम गर्दैन । एक सय ३८ को गणितले मात्रै होइन निष्ठा, सामाजिक न्याय र नैतिक मूल्यले पनि ठुलो महìव राख्छ । सार्वजनिक सेवाको समान प्रवाह कानुनी वैधताको आधारस्तम्भ हो ।
नेपालगन्जमा कात्तिक १४ र १५ गते सम्पन्न भएको दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पिनसिप २०२५ को उपाधी ललितपुरको सगरमाथा स्विमिङ क्लब जितेको छ ।
नेपाल ऊर्जा स्रोतमा धनी देशको रूपमा चिनिन्छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री गुप्ताले क्रिकेट मैदानको पुनर्निर्माणले नेपाली क्रिकेटरहरूको मनोबल उच्च बनेको धारणा राख्दै क्रिकेट मैदानलाई थप उत्कृष्ट बनाउन क्यानसँग निरन्तर छलफल भइरहेको बताउनुभयो ।
जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक तथा उहाँको रचनामा रहेको गीतको म्युजिक भिडियो ‘जिगु गर्व’ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रबार श्रेष्ठका कृति कपूया कुँ, नःलिगु नुगः खँ, छुछुं गिजिमिजि ध्वः, कावा, कविया बाखं कविया भासं र अन्तर्भाव थूयाको लोकार्पण गर्नुभयो । यसै गरी सोही कार्यक्रममा विश्वास वज्राचार्यले निर्देशन गर्नुभएको जिगु गर्व गीको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने चलन छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
दुवै मिर्गौला फेल भएर थला पर्नुभएका लोकगायक कमल बिके निर्मोहीलाई आवतजावत सहजताका लागि ह्विलचेयर प्रदान गरिएको छ । मिर्गौला फेल भएर हिँड्डुल गर्न समस्या भएपछि गायक निर्मोहीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले बास नेपालले ह्विलचेयर हस्तान्तरण गरेको हो ।
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २४७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनामध्ये २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका तीन कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन बादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको सङ्केत गरेको छ । पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग खुसी मुद्रामा देखिनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।