• १६ कात्तिक २०८२, आइतबार

गुल्मीमा छोराद्वारा बुबाको हत्या, आमा घाइते

blog

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक १६ गते ।
गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन्  । मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हसिया र मुग्रा प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट आमा ४८ वषीया धनमाया विक घाइते हुनुभएको छ । उहाँको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ । हत्यामा सम्लग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र शवको पोस्टमार्टम आइतबार गरिने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।