• १६ कात्तिक २०८२, आइतबार

निर्मोहीलाई ह्विलचेयर

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक १६ गते । दुवै मिर्गौला फेल भएर थला पर्नुभएका लोकगायक कमल बिके निर्मोहीलाई आवतजावत सहजताका लागि ह्विलचेयर प्रदान गरिएको छ । मिर्गौला फेल भएर हिँड्डुल गर्न समस्या भएपछि गायक निर्मोहीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले बास नेपालले ह्विलचेयर हस्तान्तरण गरेको हो । 

मिर्गौलापीडित गायक निर्मोहीको निवासमा पुगेर कमल बिके कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापामगरलगायतले उहाँ र उहाँकी धर्मपत्नी हेरमदेवी विकलाई ह्विलचेयर हस्तान्तरण गर्नुभयो । ह्विलचेयर प्राप्त गरेपछि दैनिक क्रियाकलाप र स्वास्थ्य उपचारमा समेत सहजता हुने भन्दै गायक निर्मोहीकी धर्मपत्नी हेरमदेवी विकले सबैलाई धन्यवाद दिनुभयो ।