आज (शनिबार) हरिबोधनी अर्थात् ठुला एकादशीको पावन अवसरमा देशभरका तीर्थयात्रीहरूको प्रमुख गन्तव्य देवघाटधाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आज बिहान ऊ कतै डुल्न गएन । सधैँ बिहान ऊ कतै न कतै गइरहन्थ्यो । आज बिहानै भूकम्प गएपछि ऊ डरायो । कतै हिँडिरहेको बेला भूकम्प आएर थिचिने पो हो कि ? उसको डेरा पनि साँगुरो गल्लीको अन्तिम अन्तिमतिर छ । कोठाबाट निस्कँदैमा दुई अग्ला अ
सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरेपनि बाँकेमा धान खरिदमा ढिलाई भएकोे तथा समर्थन मूल्यमा व्यापारीले धान खरिद नगर्दा किसानले सस्तोमै धान बिक्री गरिरहेका छन् ।
साहित्य र राजनीतिमा एकैसाथ सक्रिय गिरिराज आचार्यले ‘नेपाल–भारत सेतु’ कालखण्डलाई अध्ययन गर्न सकिने ऐतिहासिक कृति दिनुभएको छ ।
आऊ हामीसँगै बगौँ एकै नदी बनेर तिमी बग्छौ पल्लो पहाडबाट म बग्छु वल्लो पहाडबाट
अनियमितताको पोल खोलिदिने कोही छैन अप्ठ्यारोमा दुई शब्द बोलिदिने कोही छैन
मध्यपुर नगरका प्रमुख जात्रामध्ये जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने लोकेश्वर जात्रा पनि हो ।‘सिठि’ का दिन जात्रा गर्ने देवता भएकाले स्थानीयले लोकेश्वर ‘सिठिनखः द्यो’ पनि भन्ने गर्छन् । उक्त लोकेश्वर देवतालाई पद्यपाणी लोकेश्वर (लोकनाथ) ‘लुकना द्यो’ पनि भन्ने गरिन्छ । लोकनाथको छोटकरीमा स्थानीय जनजिब्रोले ‘लुकना द्यो’ भन्ने गरिएको पनि हुन सक्छ ।
साहित्यकार तथा कलाकार भनेका देशलाई नै चिनाउने व्यक्तित्व हुन् । कला तथा साहित्यका मा
उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ ।
मुगुमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि नबढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि जिल्लामाको निर्वाचन कार्यालयमा सेवाग्राहीहरुले उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता नगराइएको पाइएको हो ।
कैलालीको भजनी नगरपालिकाले ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि सकिएको लामो समय भइसक्दासमेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका ताल ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारका तर्फबाट अदालतमा विभिन्न मुद्दामामिला गरेर उल्टै गाउँपालिकालाई नै अनेक उल्झनमा पार्ने काम भएको नगरप्रमुख केवल चौधरीले बताउनुभयो ।
नर्सको सेवा सुविधाको सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित समितिले बिहीबार वीरेन्द्रनगरमा सञ्चालन भएका निजी अस्पतालको अनुगमन गरेको छ । सङ्घका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पतालका नर्सिङ निर्देशक शकुन्तला सापकोटाको संयोजकत्वमा गठित सो समितिले वीरेन्द्रनगरका कर्णाली केयर, माया नर्सिङ होम, देउती नर्सिङ होम र सुर्खेत अस्पतालको अनुगमन गरेको छ । अनुगमनका क्रममा निजी अस्पतालमा कार्यरत नर्सले न्यून पारिश्रमिकमा काम गर्नु परेको, करारपत्र नदिइएको, थोरै कर्मचारीबाट अस्पताल सञ्चालन भएका जस्ता विषय पाइएको समितिका संयोजक सापकोटाले बताउनुभयो ।
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसी आवतजावत बन्द हुँदा बिपी राजमार्गको प्रवेश विन्दु बर्दीबास सुनसान बनेको छ । शुक्रबार बिहानदेखि बिपी राजमार्ग अवरुद्ध हुँदा केही सवारीसाधन हेटौँडाको घुमाउरो बाटो प्रयोग गरेका छन् भने सयौँ सवारीसाधन र यात्रु बाटो खुल्ने प्रतीक्षामा छन् । यद्यपि पानी पर्न नरोकिएकाले तत्काल बाटो खुल्ने सम्भावना कम देखिन्छ ।
दसैँ तिहार सकिएसँगै बाजुराका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन् । भारतको नौकरी गर्दै आएका यहाँका स्थानीय दसैँ तिहार मनाउँन घर आएकाहरु दसैँ तिहार सकिएसँगै फेरि नौकरी गर्न भारतमा जान सुरु गरेपछि यहाँका गाउँ बस्ती पनि दिनानु दिन खाली हुँदै गएका हुन् ।
ऋषिकेश मन्दिरको रथयात्राका लागि तानसेन नगरपालिकाले कात्तिक १६ गते सार्वजनिक बिदा दिएको छ । सो दिन तानसेन–१४ रिडी धामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।