शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनियमितताको पोल खोलिदिने कोही छैन
अप्ठ्यारोमा दुई शब्द बोलिदिने कोही छैन
धन, दौलत हुनेकै रवाफ छ जहाँतहीँ
इज्जत ढाक्न गरिबलाई चोली दिने कोही छैन
विश्वभरि रणसङ्ग्राम चलिरहेछ अचेल
मृत्युशय्यामा जीवनको गोली दिने कोही छैन
बडेमानका महलहरू ठडिँदै छन् दिनदिनै
असहायलाई शिर लुकाउने झोली दिने कोही छैन
अत्याचारीकै बोलवाला चलेकै छ निरन्तर
शून्य पार्न खुरापातलाई पोलिदिने कोही छैन