शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, कात्तिक १५ गते । काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते बोहराको वाणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा सवार अन्य चार जना सकुशल छन् । बस चालक वेदकोट नगरपालिका –३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको थियो ।