डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ । नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये १२ जनाको अझैसम्म पहिचान खुलेको छैन ।
सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको हो ।
भरतपुर, कात्तिक १४ गते । चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुर परिसरको जग्गामा फैलिएको करिब तीन सय रोपनी झाडी फाँडिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहलमा झाडी फाँडिएको हो ।
सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका –८, बाहुनपोखरा रिस्तीमा चितुवाको आक्रमणबाट एक युवती घाइते हुनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनका लागि शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेकाले यस्तै अवस्थामा निर्वाचनमा जान कोही तयार नहुने बताउनुभएको छ ।बिहीवार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएकाहरूलाई विद्युतीय ह्विलचियर प्रदान गरिएको छ ।
बिहीबार दिउँसो २ बजे भीमदत्त नगरपालिकाको सभा हलमा सुरु हुनै लागेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको बैठक नोकझोंकमा परिणत भयो ।
मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।