प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा –५ बतासे डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिपमा सवार १३ जना घाइते भएका छन् ।
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा बालबालिकाको लागि लिएका नीति तथा तयार पारेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले २० जना उत्कृष्ट स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चित्ता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो ।
काठमाडौँ महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा शुक्रबारदेखि धर्मपथ महोत्सव सुरु भएको छ।
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र।
सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराउनुभयो ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम बाट शिवनाथ शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०.१.०.०.१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका –२ को भित्री सडक खण्डको फट्केढुङ्गा भन्ने स्थानमा शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
नेपालगन्जको विद्युत् अनियमितताविरुद्ध नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई शुक्रवार ज्ञापन पत्र बुझाइएको छ ।
स्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता पोखरामा शनिबारदेखि हुने भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
मुगुको सदरमुकाम नजिक रहेको छायाँनाथ रारा नगरपालिकाको झ्यारीगाउँको जाँतालैना ठाउँमा बिहीवार चट्याङ लागेर ठुलो संख्यामा बाख्रा मरेका छन् । चट्याङले झ्यारीको वडा ८ मा १३ बाख्रा मरेका हुन् ।