सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ ।
अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा आवद्ध हुनुभएको छ ।
यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् ।
प्रसूति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा अधिवक्ताले जोड दिएका छन् ।
फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई पक्राउ गरेको छ ।
गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदी रिहा भई सुरक्षितरूपमा अफगानिस्तानमा फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् ।
एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ ।
सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो ।
गोरखा नगरपालिका–८ को लुदीदामगाडे सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।
अफगान तालिबान र आयोजक देशको अनुरोधपछि पाकिस्तानले टर्कीको इस्तानबुलमा अफगान तालिबानसँग वार्ता प्रक्रिया पुनः सुरु गर्न सहमत भएको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै बिहीबार सिन्ह्वाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने सङ्केत दिएपछि दशकौँदेखि थन्किएको अमेरिकी नीति पुनः विवादमा आएको छ ।
ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो ।
बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले शतकको मद्दतमा नेपालले २३३ रन बनाएको हो ।