मुगुमा महिला तथा किशोरीलाई महिनावारी (छाउपडी) भएका दुध, दही नदिने चलन अझै कायमै रहेको छ ।
सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाले गोठिया काठ कटानी तथा ढुवानी कार्य आगामी तीन महिनाका लागि पूर्ण रूपमा रोक लगाएको छ ।
मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् ।
नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिकसँगै कृषि पेसामा रमाइँरहनु भएको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आनुभएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाउनुभएको छ ।
प्रदेश संरचना बनेपछि डडेलधुराले पूर्वाधारमा फड्को मारेको छ भने कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भरसमेत भएको छ । सङ्घीयताअघि त्यहाँ ८२ किमी मात्रै सडक कालोपत्रे थियो । अहिले पालिका जोड्ने मुख्य सडक धमाधम कालोपत्रे भइरहेका छन् । डडेलधुरामा हाल कालोपत्रे भएको सडकको लम्बाइ १६४ किमी पुगेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले बताउनुभयो । यी सडकमा यस वर्षको रकम ६० करोड ५० लाख रुपियाँ रहेको छ ।
भारतबाट फर्किरहेका सुदूरपश्चिम प्रदेशका व्यक्तिमध्ये केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो तर सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ । जब कि नाकामा होल्डिङ सेन्टर छन् तर सङ्क्रमित त्यहाँ बस्दैनन् ।
उपभोक्ता अदालतले चाबहिलको ओम हस्पिटललाई ५० लाख ७० हजार रुपियाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुईदिने कार्यव्रmमको समापन समारोहमा मन्त्री लेखीले यस्तो बताउनुभएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजार जिल्लाकै एक प्रमुख बजारका रूपमा चिनिन्छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन ।
कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ ।
छ वर्षको अवधिमा रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ३१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नौ जनाले रोजगारीका सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका हुन् ।
क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा, आधुनिक खाद्य परिकार । काठमाडौँको दरबारमार्गस्थित क्याफे सुनेपछि त मनसपटलमा अरू चित्र पनि आउँछन् ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा परेको छ । विश्वको होचो अरुण उपत्यकामा रहेको यो ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ ।