राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका किशोर फेला परेका छैनन् । स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दीमा बुधबार पौडी खेल्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको थियो ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
कैलाली कारागारबाट फरार भएका १९ भारतीयसहित २६२ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ ।
सिन्धुली जिल्लामा खेतबारीमा काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । धानबाली भित्र्याउने मुख्य समयमा दुई दिनदेखिको प्रतिकुल मौसमका कारण भएको वर्षाले खेतमा काटेको धान भिजेपछि किसानहरु चिन्तित बनेका हुन् ।
बागलुङको दुई स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ ।
‘मोन्था’ चक्रवातले बिहीबार बिहानदेखि देशका अधिकांश भागमा वर्षा हुँदा तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो शहरमा पानी पर्ने देखिएको जनाएको । जसका कारण काठमाडौँ उपत्यकासहित धनगढीको तापक्रम घटेको छ ।
मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ ।
सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपत्को पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो ।
सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।