नेपालका कप्तान रोहितकुमार पौडेलले शतकको मद्दतमा नेपालले २३३ रन बनाएको हो ।
मेचीनगर नगरपालिका-१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।
मैथिली विकास कोषले भाइ–बहिनीको प्रेम र सद्भावको प्रतीक मानिने सामा–चकेवा पर्वको अवसरमा आगामी आइतबार सामा–चकेवा खेल प्रतियोगिताको आयोजना गर्न लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
पाकिस्तान र अफगानिस्तानबिचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।
आइसिसी विश्वकप लिग–२ शृङ्खलामा यूएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाउनुभएको छ ।
आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौ दिन बुधबार १७ लाख दान सङ्कलन भएको छ ।
भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुजबाट विस्थापित परिवार हालै रिले अनशनमा बसे ।
मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु ईन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य-समर्थित रिफाइनरी एचपिसिएल-मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ ।
झण्डै दुई महिनासम्म रोकिएको राहदानी सेवा अब पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण बन्द भएको राहदानी सेवा बिहीबार देखि पुनः सुचारु गरेको हो ।
नेपाल नर्सिङ सङ्घको आह्वानमा भइरहेको आन्दोलनमा सिन्धुली जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहिबार दुई घण्टा काम रोकेर प्रदर्शन गरी ऐक्यबद्धता जनाएका छन् ।