बिहीबार दिउँसो २ बजे भीमदत्त नगरपालिकाको सभा हलमा सुरु हुनै लागेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको बैठक नोकझोंकमा परिणत भयो ।
मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
मानव सेवा आश्रमको भवन निर्माण गर्नका लागि आयोजित महायज्ञको प्रचार प्रसारका लागि बागलुङ बजारमा अटो व्यवसायीले हातेमालो गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको टोलीले फरार रहेका दुई कैदीलाई पक्राउ गरी पुनः कारागार पठाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू पछिल्लो समय जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
काटेर ठिक्क पारेको धान स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि दाङका किसानहरू चिन्तित बनेका छन्। सोमबार रातिदेखि आएको झरी बुधबार दिउँसो घाम लागेपछि काटेको धान स्याहार गर्न किसानहरू जुटेका थिए । बिहीवार बिहानदेखि पुनः बर्षाको झरी लागेपछि काटेको धान खेतमै उम्रिने डरले किसानहरू थप पीडामा परेका हुन् ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका –३ स्थित चिरुवाखोलामा पाँच करोड रुपियाँभन्दा बढीको लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् ।
धनकुटाको पाख्रीबास नगरपालिकाले चक्रवात (मोन्था) को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको छ । बिहीवार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यले महाधिवेशन र निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो दुई दिन यता परेको हिमपात र प्रतिकूल मौसमका कारण सोलुखुम्बुको व्यस्त तेन्जिङ हिलारी विमानस्थल हवाई सेवा पूर्ण रूपमा ठप्प हुँदा पर्यटकहरु मारमा परेका छन् ।
नेपाली कांग्रेसका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाले पार्टीको विधान संशोधन गरेर आफ्ना लागि प्रवेशको ढोका फराकिलो बनाउन माग गरेका छन्।
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । धान बाली पाकेर भित्र्याउने बेलामा पानी परेपछि यहाँका किसान चिन्तित भएका छन् ।
नेपालमा शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरु गर्दै सिपालु सोलुसनले तीन नवीनतम पहलहरू सिपालु कनेक्ट, सिपालु हार्डटेक र सिपालु सफ्टटेक औपचारिक रूपमा सार्वजनिक गरेको छ।
जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ।
खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।