धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक १३ गते । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको टोलीले फरार रहेका दुई कैदीलाई पक्राउ गरी पुनः कारागार पठाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू पछिल्लो समय जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
पक्राउ परेकाहरूमा कञ्चनरुप नगरपालिका –१० बदनामा निवासी मनोज पासमान र कञ्चनरुप नगरपालिका –३ बरमझियाका विजय खड्का रहेका छन् । प्रहरीको जानकारीअनुसार पासमान अंगभङ्ग मुद्दामा पुर्पक्षका लागि कारागारटमा रहेका थिए । उनी दुई वर्षदेखि नक्खु कारागार काठमाडौंमा थिए । जेनजी आन्दोलनका क्रममा त्यहाँबाट पासमान भागेका थिए ।
त्यस्तै, खड्का भने लागूऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भई पाँच वर्ष ६ महिना कैद सजाय तोकिएर नौ महिना कैद भुक्तान गरिसकेका थिए । उनी पनि जेनजी आन्दोलनको क्रममा झुम्का कारागार सुनसरीबाट भागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई कारबाही लागि राजविराज कारागारमा जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले लामो समयदेखि उनीहरूको खोजी गरिरहेको थियो । विशेष सूचनाका आधारमा दुवैजनालाई पक्राउ गर्न सफल भएको पुरीको भनाइ छ ।