• १३ कात्तिक २०८२, बिहिबार

एनपिएलका उत्कृष्ट तीन जनालाई पल्सर मोटरसाइल

blog

सम्झौता आदान प्रदान गरिँदै ।

काठमाडौँ, कात्तिक १३ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बजाज पल्सर जोडिएको छ ।

एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार पल्सरले सर्वाधिक रन बनाउने, विकेट लिने  र सर्वोत्कृष्ट उदीयमान खेलाडीलाई नयाँ १६० सिसी बाइकबाट पुरस्कृत गर्नेछ ।

दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।