आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
सुदूरपश्चिमको मन्त्रीपरिषद्ले सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रुपमा लागु गर्न निर्देशिका स्वीकृत गरेको हो ।
रौतहटको माधवनारायण नगरपालिका –६ का अति विपन्न घर परिवारलाई कम्बल वितरण गरिएको छ ।
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।
जिल्लाको शिवराज नगरपालिका –५ चन्द्रौटा हाटबजार अगाडि नालीमा एक पुरुषको शव फेला परेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ ।
बर्दियामा हरेक वर्ष हुँदैआएको जलपन्छी गणना सोमबारदेखि हुने भएको छ । जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बिचमा समन्वय बैठक बसी सोमबारदेखि गणना गर्ने निर्णय गरिएको हो ।
दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका –१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको हाे ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ ।
कपिलवस्तु जिल्लामा परम्परागत माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक समयसँग जोड्ने उद्देश्यका साथ सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम दिइएको छ ।
म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरधामस्थित ज्येष्ठ नागरिक आश्रमका महिलाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८२ जना वृद्धा महिलाले उपचार सेवा पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १२ करोडको २४ लाखको लगानीमा १५ शय्याको अस्पताल निर्माण भएको छ । ठाकुरबाबा नगरपालिका वडा ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी नगर अस्पतालको भवन निर्माण भएको हो ।