कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ । बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ ।
चलचित्र पत्रकार सङ्घ नेपालमा समीर बलामी पुनः अध्यक्ष बन्नुभएको छ ।
सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार र जिल्लाका सुरक्षा प्रमुखहरूले आइतबार लखन्देही खोलाको कटान क्षेत्र र बागमती खोलाको उत्खनन क्षेत्रमा निरीक्षण गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ ।
जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौँले एउटा भिन्नै अवतार धारण गर्छ ।
नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठन गरेको विज्ञ समितिलाई पूर्णता दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको बागलुङ नगरपालिका-६, पञ्चकोटमा दाताको सहयोगमा आर्कषक प्रवेशद्वार निर्माण गरिएको छ ।
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।
सप्तरी प्रहरीले चालु आर्थिक वर्षको ९ महिनामा डेढ करोड भन्दा बढीको राजस्व सङ्कलन भएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।
दाङ लमही नगरपालिका-२, केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सुरु भएको छ ।
नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ ।