इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ ।
विरूवा गाउँपालिका वडा ६ लेवामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाल्पामा ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । रामपुर नगरपालिका-६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित सलामी अर्पण गरी आइतबार दिवस मनाइएको हो ।
अमेरिकासँगको व्यापार सम्झौता अनिश्चित बनेपछि भारतले निर्यातकका लागि नयाँ बजार खोल्ने र कडा अमेरिकी शुल्कको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले आक्रामक रूपमा वैकल्पिक व्यापार सम्झौता खोजिरहेको छ ।
कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव आयोजना हुने भएको छ ।
इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताले जनाएका छन् ।
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारको सडक ढलान सकिएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कार्यले ७ वर्षमा पूर्णता पाएको हो ।
म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
बेंसीसहर नगरपालिका –२, भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण कोषमा करिब ९० लाख रुपियाँ संकलन भएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले “महाकाली सन्धि ः भ्रम र वास्तविकता” पुस्तकको विमोचन गर्नुभएको छ ।
जुम्लाको दुर्गम आवासीय विद्यालयमा अन्तराष्ट्रिय स्तरका सात हजार पुस्तक सङ्कलित पुस्तकालय स्थापना गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनु भएको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले काठमाडौँमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन व्यस्त रहेका छन् ।