आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ कलाकार हुनुहुन्छ । साधना कार्टुनचित्र भए पनि उहाँ लेखन, अध्यापन र कलामा उत्तिकै सक्रिय देखिनुहुन्छ । उहाँले विभिन्न प्रकाशन तथा व्यक्तित्वद्वारा प्रकाशित एवं लिखित सयौँ पुस्तकमा दृष्टान्तचित्र, व्यङ्ग्यचित्र तथा आवरणचित्र बनाउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गरेका कामको सेरोफेरोमा केन्द्रित भएर सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :
पेसागत रूपमा आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ फुर्सदको समय सिर्जना कर्ममा खर्च गर्दै आउनुभएको छ । चिकित्सा शिक्षा अध्यापनमा समेत व्यस्त प्राडा श्रेष्ठ कविता, कथा लेखन, गायन र अभिनय सँगसँगै केही वर्षदेखि चित्रकलामा अन्तरनिहित भावना पोख्दै आउनुभएको छ । उहाँको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘अन्तर्मनको प्रस्फुटन’ नेपाल आर्ट काउन्सिल बबरमहलमा भइरहेको छ । उहाँको पहिलो प्रदर्शनी २०७८ सालमा भएको थियो ।
सर्लाहीका तरुल उत्पादक किसानले यस वर्ष तरुलको उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यावसायिक तरुल खेती हुने जिल्लाको बागमती र बरहथवा नगरपालिकामा अब माघेसङक्रान्तिका लागि तरुल खनेर लगभग सकिन लागेको छ तर व्यापारीले मूल्य नदिँदा सस्तैमा बेच्नु परेको गुनासो किसानले गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
बाँकेको डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।विभागका अनुसार सो कार्यालयले यही पुस १७
पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको छ ।
दाङ अन्डामा आत्मनिर्भरसँगै बाहिर निर्यात गर्ने जिल्लाका रूपमा चिनिन थालेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङका अनुसार प्रतिव्यक्ति वार्षिक रूपमा आवश्यक पर्ने ४८ युनिट अन्डाभन्दा बढी जिल्लामा अन्डा उत्पादन हुने गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत न्यूनीकरणका लागि स्थानीय तहले नीति, बजेट र योजना ल्याउनुपर्ने माग गरिएको छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधिले संविधान अनुसार दलितलगायतका सामाजिक विभेद अन्त्यका लागि काम गर्न नसकिरहेको भन्दै उक्त माग गरेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीबिच एकता भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर हुने गरी आइतबार १२ बुँदे समझदारी गर्दै एकता भएको हो ।
फस्फोराइटसहित आठ वटा खानीको धन्सार जस्तो जिल्ला भए पनि दुई वटा स्थानीय तहसहित बैतडी देशका १० वटा गरिब जिल्लाको सूचीमा परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी १० वटा गरिब जिल्लाको सूचीमा पर्नुका साथै यही जिल्लाको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका १० वटा गरिब स्थानीय तहको सूचीमा परेका छन् ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर तथा मातहतका विभिन्न बाहिनी अड्डा तथा गणहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ ।