विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।
कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा दैनिकजसो चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट दैनिकजसो विद्युतीय सवारीसाधनसहित अन्य उपकरण तथा सामान बोकेका मालबाहक ट्रक र कन्टेनरहरू भित्रिरहेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
म्याग्दे गाउँपालिका–२, उमाचोकका कृषक शुकनारायण श्रेष्ठका लागि सुन्तलाको बोटले सुन फलाए सरह भएको छ । “पहिले सौखका लागि पालिएको सुन्तला अहिले सुन सरी भएको छ,’’ यस वर्ष सुन्तला बेचेर ६५ लाख रुपियाँ हात पारेका श्रेष्ठले भन्नुभयो । उहाँ जिल्लाकै नमुना सुन्तला कृषकको रूपमा चिनिनुहुन्छ ।
दार्चुलाको व्यास घोडेटो बाटो निर्माणमा विगत नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गरेर कुल नौ करोड ३० लाख ५६ हजार ३७२ रुपियाँ खर्च भएको छ ।
सामाजिक विकास कार्यालयले डिजिटल प्रविधि जडानसहित सेवा प्रदान गर्न सुरु गरेको छ । कर्णाली प्रदेशअन्तर्गतका दस वटै जिल्ला मध्य सामाजिक विकास कार्यालय हुम्ला पहिलो प्रविधि मैत्री भएको हो ।
तीन महिनाअघि भदौ २३ र २४ गते नेपालमा भएको दुईदिने युवापुस्ता (जेनजी) को आन्दोलनले वैधता पाएको छ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे ऐतिहासिक सम्झौतासँगै नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियानका तर्फबाट सहिद परिवारका सदस्य
पार्टी जीवनको यो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेस यति बेला इतिहासकै सबैभन्दा दुई ठुला महत्वपूर्ण तर निकै भयानक जँघारका बिचमा छ । एकातिर राष्ट्रको जीवन इतिहासकै सबैभन्दा गम्भीर सङ्कटमा छ ।
विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो ।
कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्य गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवन उपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्र
आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारीका साथ सरकार अगाडि बढिरहेको छ । निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण कार्यक्रम घोषणा गरिसकेको छ । यस्तो अवस्थामा जनता र लोकतन्त्रमाथि विश्वास गर्ने देशका राजनीतिक दलले आउँदो निर्वाचनलाई एउटा महापर्वको रूपमा ग्रहण गरी यसलाई सफल पार्नु आवश्यक हुन जान्छ ।
सप्तरी जिल्लाको कृषि महिलाले धान्दै आएका छन् । कृषिको अधिकांश काम महिलाले गर्दै आएका छन् । जिल्लामा उत्पादन हुने हरेक बालिमा सबैभन्दा बढी महिलाले श्रम खर्चिदै आएको स्थानीयको भनाइ ।
मौसम परिवर्तनसँगै नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खस खस हुने, हाँच्छ्युँ आउने, स्वर भारी हुने, थकाइ लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता रुघाखोकीको मौसम सुरु हुन्छ । संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्छ,
। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।