बाढी पहिरो लगायतका विपद्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपद्पीडितका नयाँ घर पुनर्निमार्ण भएको छ ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मानव अधिकार संरक्षण र प्रवर्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला, समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘लोकतन्त्र र मानव अधिकार, कानुनको शासन र अन्तरपुस्ता न्यायको समर्थन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधारमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।
हुम्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राहीले हाल दैनिक ११ घण्टा लोडसेडिङको मार खेपिरहेका छन् । हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् घट्दै गएपछि स्थानीय लोडसेडिङको मारमा परेका हुन् ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलको मोबाइलमा घन्टी नबजेको सायदै कुनै दिन होला । उताबाट आउने आवाजमा प्रायः पीडा, हतारो र आपत् झल्किन्छ “सर, शववाहन
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफासि भएको हो ।
पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बस्नुभएका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लाग्नुभएका उहाँका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिले चिनी मिलहरूलाई तत्काल उखु क्रसिङ सुरु गर्न र सरकारलाई उखु किसानलाई उपलब्ध गराउनुपर्ने बाँकी अनुदान रकम तत्काल निकासा गर्न माग गरेको छ ।
नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेसहितको स्तरोन्नति गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले बुधबारदेखि पुस १ सम्म दैनिक पाँच घण्टा यातायात बन्द गरेर कामलाई गति दिएको हो ।
एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा