खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी र जनताबिच फर्किसकेको बताउनुभएको छ।
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका छन् ।
बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् ।
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोट सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले उम्मेदवार सीफारीसको निर्णय गरेको जनाइएको छ ।
घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको नेत्रलाल स्मृति भवनको निर्माण काम सम्पन्न भएको छ । भवन निर्माणको सकिएपछि समुदायलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।
अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा तीनदिने निःशुल्क आँखा उपचार स्वास्थ्य शिविर सुरु भएको छ ।