• २६ मङ्सिर २०८२, शुक्रबार

मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान

blog

मुख्यमन्त्री कमलबहादुर शाह । फाइल तस्बिर ।

अविनाश चौधरी

धनगढी, मङ्सिर २६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । 

हड्डी र नसासम्बन्धी समस्याका कारण हिँडडुल गर्न अप्ठ्यारो भएपछि आज बिहान उहाँ उपचारका लागि दिल्ली प्रस्थान गर्नुभएको हो । मुख्यमन्त्री शाह स्थलमार्ग भएर दिल्लीतर्फ गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयका अनुसार मुख्यमन्त्री शाहको दायाँ खुट्टाको रीढको हड्डी र नसाको समस्या देखिएको छ । उहाँले काठमाडौंको मेडिसिटी र धनगढीको सेती प्रादेशिक अस्पतालमा त्यसको उपचार गराउँदै आउनुभएको थियो । तर समस्या समाधान नभएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको नयाँदिल्ली गएको जनाइएको छ । उहाँको उपचार नयाँदिल्लीको साकेटस्थित म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो। 

उहाँले मुख्यमन्त्री शाह दिल्लीमा धेरै दिन नबस्ने र उपचार लगत्तै चाँडै फर्कने बताउनुभयो । मुख्यमन्त्री शाहले आन्तरिक मामिला तथ कानुनमन्त्री बहादुरसिंह थापालाई कार्यबाहक जिम्मेवारी दिएर आफू उपचारका लागि दिल्लीतर्फ गएको जनाइएको छ । मुख्यमन्त्री शाहले भारतमा आफ्नो व्यक्तिगत खर्चमा उपचार गराउने सचिवालयले जानकारी दिएको छ ।