गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
लहान वडा नम्बर १० स्थित सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पस लहान भौतिक पूर्वाधार शैक्षिक सुधारमा पडको मार्न थालेको छ ।
थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण गर्न बाँकी छ । नवलपुर खण्डको गैँडाकोटदेखि दाउन्नेको पैँसट्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा पर्ने ३४ वटा ठुला पुलमध्ये ३३ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
दोलखाको जिरी नगरपालिकामा चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गरिएको जिरी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या थप, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
सप्तरीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा नम्बर ६ जानकीनगरमा करेन्ट लागेर स्थानीय २६ वर्षीया श्यामकुमारी चौधरीको मृत्यु भएको हो ।
यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।
करिब ५० वर्षअघि कानुन बनेपनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ ।
लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने उद्देश्यले ‘प्रश्नोत्तर’ कार्यक्रमको स्पष्ट व्यवस्था छ । यो व्यवस्था प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएर तीन वर्ष पुग्न लाग्दा पनि प्रयोगमा आएको छैन ।
बाजुराको बडीमालिका नगरपालिकाले यहाँका वडामा छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम सुरु गर्दै आएको छ ।
पछिल्ला केही वर्षयता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाईसमेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसन नै सञ्चालन गरेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा तीन वर्षअघि नै निर्माण भएको सुविधायुक्त बसपार्क सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निकै सकस परेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा मतदान स्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ ।