चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ले जानकारी दिएको छ ।
राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ ।
उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धकारको गर्भमा निदाइरहेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नु भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ ।
इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्णरूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ ।
हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गर्नुभएको अवस्थामा भेटिनुभयो, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोेमा पनि खलखल पसिना बगिरहेको छ, तर उहाँलाई यसको कुनै प्रवाह छैन ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार बसले दिएको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोपामा मौरी बस्दै आएका छन् ।
७७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस, १७ औँ मानवअधिकार महाभेला २०८२ को प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मानवअधिकार लोकतन्त्र, शान्ति तथा सामाजिक न्याय लगायत क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तीन जनालाई सम्मानित गरिएको छ ।
सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।
ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ ।
शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।