• २६ मङ्सिर २०८२, शुक्रबार

बसको ठक्करबाट साइकल चालकको मृत्यु

blog

साइकललाई ठक्कर दिएकाे बस ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), मङ्सिर २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार बसले दिएको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ ।

नगरपालिकाको वडा ८ बेरियर चोकस्थित चार्जिङ स्टेशन अगाडी पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा ४८ बर्षीय साईकल चालक पुरुषको मृत्यु भएको हो । मृतकको नाम ठेगाना भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट हटौँडातर्फ आउँदै गरेको प्र१-०१-००१ ख ४१०६ नं. को यात्रु बाहक बसले विपरित दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिदा उहाँ गम्भिर धाईते हुनुभएको थियो ।स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाईएकोमा त्यहाँ उपचारको क्रममा साईकल चालकको मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।