काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र स्थापना भएको छ । भिसा केन्द्र स्थापनाले विभिन्न प्रयोजनका लागि गणतन्त्र कोरिया प्रस्थान गर्ने नेपालीका लागि भिसा आवेदन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।
जिल्ला न्यायाधीशका लागि लिखित परीक्षामा २७ जना उत्तीर्ण भएका छन् । २१ कोटाका लागि भएको परीक्षामा सहभागी १७२ मध्ये २७ जना लिखित परीक्षामा उत्तीर्ण भएका हुन् । पछिल्ला तीन वर्ष निकै निराशाजनक नतिजा रहेकामा यो पटक खुला र आन्तरिक खुलामा मागभन्दा बढीले लिखित परीक्षा उत्तीर्ण गरेका हुन् । लिखितमा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता पुस ११ गतेदेखि गर्ने कार्यतालिका न्याय सेवा आयोगले सार्वजनिक गरेको छ ।
दाङको घोराहीमा दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका –१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र ट्राउजर सहयोग गरेको हो ।
नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
गोरखापत्र संस्थान र गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको छ । पत्रकारहरुको क्षमता विकास र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि संस्थान र प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको हो ।
नेपाल प्रहरी विभिन्न २२ वटा मुद्दा दर्ता भई थुनाबाट फरार भएका एक युवकलाई नगद १० लाख २३ हजार ५०० सहित पक्राउ गरेको छ ।
इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
साहित्यकार एवम् गोरखापत्रकर्मी वसन्त पराजुलीको कृति उपन्यास बखानमाथि हेटौँडामा शुक्रबार परिचर्चा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३:३० बजे भिडन्त हुँदैछ ।
मधेश प्रदेशमा समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण परियोजनको शुभारम्भ गरिएको छ ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सहायक रथी लिलाबहादुर खनाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजना पुरुष बेपत्ता भएका हुन् ।
नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।