नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताउनुभएको छ।
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ ।
रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ।
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।
सल्यानको कुमाख गाउँपालिकामा एक हजार बढीले निःशुल्क आँखा जाँच सेवा पाएका छन् । साथै एक सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिब दुई सय जनालाई चस्मा वितरण गरिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुराबाट देखिएको हिमश्रृङ्खला र आसपासका क्षेत्र ।
जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई पर्यटन राजधानी पोखरामा भव्य रुपमा स्वागत गर्ने तयारी भएको छ। फेवाताल किनारको लेकसाइडमा पुस १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव हुन लागेको हो।
पालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सरकारसमक्ष सात बुँदे मागपत्र प्रस्तुत गरिएको छ । पाँच प्रदेशका १३ जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिलाले पत्रकार सम्मेलनमार्फत आफ्ना माग सार्वजनिक गरेका हुन् ।