• २६ मङ्सिर २०८२, शुक्रबार

नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली

blog

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नाम आज मन्त्रालयमा पदभार सम्हाल्नु हुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, मङ्सिर २६ गते । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो । 

पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भन्नुभयो ।

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उहाँले भन्नुभयो ।