• २६ मङ्सिर २०८२, शुक्रबार

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

blog

बरामद रकम। तस्बिर सौजन्य - जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीण कुमार शर्मा

रौतहट, मङ्सिर २६ गते। रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ। शुक्रबार रौतहट मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ११ लाख ४७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो। 

पक्राउ पर्नेमा बारा सिमरौनगढ नगरपालिका–११ भवानीपुरका लक्ष्मीप्रसाद कलवारको ३६ वर्षीय छोरा मुन्नाप्रसाद जैसवाल रहेको उहाँले बताउनुभयो। हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र.–०३–०३३ प ३११० नम्बरको मोटरसाइकलमा झोलामा झुन्ड्याइ राखेको अवस्थामा नगदसहित जैसवाललाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो।  नगद, मोटरसाइकल र मोटरसाइकल चालक जैसवाललाई अनुसन्धानको लागि नियन्त्रणमा  लिएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।