१०० वर्ष अघिको गोर्खापत्र
बिरुवा गाउँपालिकामा एक हजार ६०७ जना विद्यार्थीको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा तीन करोड ५८ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्य विस्तार गर्न आग्रह गर्नुभएको छ ।
स्याङ्जा प्रहरीले एकै दिन ६ ट्याक्टरलाई कारबाही गरेको छ । नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न रहेका ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गराएको हो ।
अधिकांश चिनी मिल पुस पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । प्रत्येक चिनी उद्योगमा अहिले मिलका उपकरण मर्मत, परीक्षण र कामदार जुटाउनेसहितका तयारी गरिरहेका छन् । सरकारले उखुको मूल्य तोकिसकेकाले चिनी उद्योगले पनि अब धमाधम मिल सञ्चालन गरेर उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका हुन् । सर्लाहीमा तीन वटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले मिल सञ्चालन गर्नुअघि गरिने डोङ्गा पूजा गरिसकेका छन् ।
यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
नेपालीको प्रमुख श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) ले श्रमिक भिसा प्रक्रिया खुकुलो बनाएको छ । नेपालमा पछिल्लो समयमा देशमा शान्तिसुरक्षा ठिक भइसकेको र देश निर्वाचनमय भएको सन्देश प्रवाह भएपछि युएई सरकारले नेपालीका लागि श्रमिक भिसामा खुकुलो गर्न थालेको हो ।
प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिबिच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको जेनजी सम्झौताको निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।
उच्च अदालतका न्यायाधीशको मर्यादाक्रमसमेत हेरफेर हुने गरी न्याय परिषद्ले गरेको नियमावली संशोधनका विवादित विषय दुई वर्ष तीन महिनापछि परिषद्ले नै खारेज गरेको छ । संशोधनविरुद्ध अदालतमा मुद्दासमेत विचाराधन छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा काम गर्ने कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन आग्रह गरिएको हो ।
नेपालका बक्सर चन्द्र थापामगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जित्नुभएको छ ।