• २ पुस २०८२, बुधबार

अवैध ओसारपसारमा सम्लग्न ६ ट्याक्टर कारबाहीमा

blog

भीरकोट नगरपालिका–४ छ्याङ्छाङदीबाट नियन्त्रणमा लिईएका ट्याक्टरहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङसिर २६ गते ।
स्याङ्जा प्रहरीले एकै दिन ६ ट्याक्टरलाई कारबाही गरेको छ । नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न रहेका ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गराएको हो ।

पुतलीबजार नगरपालिका–१३ र वडा नम्बर–१० जोड्ने झोलुङ्गे पुलदेखी करिव ९० मिटरको दूरीमा आँधीखोलामा ढुङ्गा निकालेको ग. १ त. ६७६७ नम्बरको ट्याक्टर बालुवा निकालेको ग. १ त ६५४३ ट्याक्टरलाई २० हजारका दरले नगद जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, भीरकोट नगरपालिका–४ छ्याङ्छाङदीबाट ग.१ त. ७६७०, लु.३ त.४८९७, ग.१ त. ५९७५ लु.३ त. ९३८२ नम्बरका ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरुलाई पुतलीबजार र भीरकोट नगरपालिकामा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको  छ । प्रहरीले पालिकाहरुसँग मिलेर नगद जरिवाना तथा अन्य कारबाहीका काम गर्दै आएको छ ।

अवैध रुपमा गिट्टी, ढुङ्गा तथा बालुवा निकासी तथा ओसारपसार गर्ने ट्याक्टर, टिप्पर आदिलाई कारबाही गर्दै आएको प्रहरीले जनाएको छ ।