शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २५ गते । नेपालका बक्सर चन्द्र थापामगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जित्नुभएको छ ।
संयुक्त अरव इमिरेट्स (युएई) मा जारी च्याम्पियनसिपको सेमिफाइनलमा चन्द्र बिहीबार काजकस्तानका खेलाडीसँग ५-० ले पराजित हुनुभयो । सेमिफाइनलमा पराजित भएसँगै उहाँको कांस्य पदक पक्का भएको हो ।
५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका उहाँले यसअघि सेमिफाइनलमा इरानी बक्सर महेदी काजमीलाई ५-० ले हराउनुभएको थियो ।
कांस्य पदकसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पाउनुभएको छ । वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाले जितेको यो पहिलो ऐतिहासक कांस्य पदक हो ।