पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगाडि लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई लु २ ख ३५४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकाको एक वर्षको बेरुजु तीन करोड ३२ लाख पुगेको छ। आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षणबाट तीन करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ थपिएसँगै हालसम्मको बेरुजु रकम २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ पुगेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको चुनौती दिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ ।
पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी गाउँ र पृष्ठभूमिमा देखिएको जोमसोम एयरपोर्ट, पुथाङ बजार, एक्लोभाट्टि, एसियाकै पहिलो नम्बरमा रहेको पाँच तारे होटल सिन्तामनी र आसपासका पर्वतीय शृङ्खला ।
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।
पाकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीले शरणार्थी र आन्तरिकरूपमा विस्थापित परिवारलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू)मा हस्ताक्षर गरेको छ ।
धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ ।
लागु औषध प्रयोग कर्ता महिला, एचआइभी सङ्क्रमित, एकल आमा र विविध हिंसाबाट प्रभावित समुदायलाई हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
बागलुङको दक्षिण क्षेत्रमा पर्ने बरेङ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ। भवनको शिलान्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गर्दै २ तले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य थालिएको हो ।
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तगर्त भीरकोट नगरपालिकामा गरिएको जिल्ला स्तरीय प्रतियोगितामा आमाहरुले पञ्चेबाजा घन्काएका हुन् । प्रतियोगितामा व्यवसायिक रुपमा बाजा बजाउँदै आएका आमाहरु देखि सिक्दै गरेका आमाहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा अहिले लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार बिहीबार नियमित कार्यसूची अनुसार बैठक बसेको हो ।