पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३.३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।
सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन् । लैङ्गिक विभेदविरुद्ध सङ्गठन र सामूहिक आवाजले नै उभिन सिकाएको आन्दोलनमा जोडिएका महिलाको अनुभव छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरस्थित भगवती माध्यमिक विद्यालयका १८२ विद्यार्थीलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् ।
थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ ।
गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।
जिल्ला उद्योग वाणिज्य संघ लहानको ३५ औं अधिवेशनबाट नेतृत्व चयनको लागि सुरु भएको उम्मेदवारी घोषणा कार्यक्रममा व्यापारी तथा उपभोक्ताहरुले व्यापार पलायन रोक्न माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।
मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट निःशुल्क स्वास्थ्य सेवा लिने हिंसापीडितको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी आठौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव–२०८२ को प्रवेशद्वारमा निर्माण गरिएको नमुना लन्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
भौगोलिक रुपमा विकट रहेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ ।